१० अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

रौतहट, १८ फागुन  । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुरमा सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्य मन्त्री सिंहले शनिवार अस्पतालहरूको स्थलगत अनुगमन निरीक्षणपछि  अवैध तथा अनधिकृत रूपमा सञ्चालनमा रहेका १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । चन्द्रपुर नगरपालिकामा सञ्चालित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एन्ड रसर्चसेन्टर, पब्लिकलाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एन्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दातउपचार केन्द्रलाई मापदण्ड पुरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको जनाइएको छ । 

११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल प्रालिमात्र मापदण्ड र दर्ता गरी सञ्चालनमा रहेको बताइएको छ । दर्ता अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताल तत्काल बन्द गर्न र निकट भविष्यमा मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लई मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा