हमासले फिर्ता गर्‍यो चार बन्धकको शव

एजेन्सी, १५ फागुन । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकको शव फिर्ता गरेको छ ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक र कैदीहरूको यो अन्तिम आदानप्रदान थियो । हमासले हस्तान्तरण गरेका चार बन्धकको शव अझै पहिचान हुन सकेको छैन ।

तर, हमासले उनीहरूको नाम सार्वजनिक गरेको छ । हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय साची इदान र ६९ वर्षीय इत्जिक अलग रात समावेश छन् ।

उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् । बीबीसी
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग