झन्डै ७० करोड रुपैयाँमा ‘गोल्ड कार्ड’ भिसा दिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौँ, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गरेका छन् ।  

विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका लागि नयाँ गोल्ड कार्ड लगानीकर्ता भिसा कार्यक्रम शुरू गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले शुरू गरेको यो गोल्ड कार्ड भिसाका लागि ५० लाख अमेरिकी डलर अर्थात् झन्डै ७० करोड रुपैयाँलगानी गर्नुपर्नेछ । यसको अर्थ जोसँग यति धेरै पैसा छ उसले तुरुन्तै अमेरिकाको भिसा पाउनेछ ।

यो भिसालाई ग्रीन कार्ड प्रिभिलेज प्लस पनि भनिएको छ र यो आउँदो दुई हप्तामा शुरू हुनसक्ने खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा १० लाख गोल्ड कार्ड बेच्ने बताएका छन् । 

यस पहलको उद्देश्य ३५ वर्ष पुरानो ईबी–फाइभ भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नु हो जसलाई अमेरिकाले सन् १९९० मा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न शुरू गरेको थियो ।

ईबी–फाइभ भिसाअन्तर्गत विदेशी लगानीकर्ताले कम्तीमा १० वटा रोजगारी दिने व्यवसायमा झन्डै १० लाख डलर लगानी गर्नुपर्ने हुन्छ । यो नयाँ गोल्ड कार्ड भिसा अन्तर्गत लगानीकर्ताले ५० लाख डलर लगानी गर्नुपर्नेछ तर यसमा रोजगारीको छुट्टै उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग