१३औँ फाइनलमा म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ, १४ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बुधबार (आज) घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा बलियो टोली म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । बिदाको दिन परेकाले फाइनल हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ ।

नेपाली महिला टिमले पहिलो अन्तर्राष्ट्रिय खेलयता खेल्न लागेको यो १३औँ फाइनल हो । यसअघि नेपालले १२ फाइनल खेलिसकेको भए पनि हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन । 

पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपसम्म नेपालले ३८ वर्षमा कुल १२ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । तर, सधैँ उपविजेता ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच भेटवार्ता भएको छ

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सबै क्षेत्रमा आवश्यक नपर्ने उल्लेख गर्दै जहाँ

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न