ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध

एजेन्सी, १३ फागुन । अमेरिकाले पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँग सम्बन्धित कयौं कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले यी प्रतिबन्धहरू लगाएका कम्पनीहरू इरानको तेल उद्योगसँग सम्बन्धित छन् । यसमा केही भारतीय कम्पनीहरू पनि परेका छन् । इरानमाथि दबाब दिन अमेरिकाले यो कदम चालेको हो । 

सोमबार, अमेरिकाले इरानको पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँगको कथित सम्बन्धको लागि चार भारतीय कम्पनीहरू सहित १६ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार प्रतिबन्धित भारतीय कम्पनीहरूमा अस्टिनशिप म्यानेजमेन्ट प्रा.लि., बीएसएम मरीन एलएलपी, कोसमोस लाइन्स इंक र फ्लक्स मेरिटाइम एलएलपी छन् । 

अमेरिकी विदेश मन्त्रालयले इरानको पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँगको सम्बन्धको लागि १६ कम्पनीहरूको पहिचान गरेर उनीहरूमाथि प्रतिबन्ध लगाएको विज्ञप्तिमा भनिएको छ । विदेश मन्त्रालयले अर्थ मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)सँगको  सहकार्यमा २२ जना व्यक्तिहरूमाथि पनि प्रतिबन्ध लगाएको छ । इरानको तेल उद्योगसँग जोडिएको भन्दै विभिन्न क्षेत्रहरूमा रहेका उनीहरूका १३ जहाजहरूलाई प्रतिबन्धित सम्पत्ति घोषित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग