शान्ति स्थापनाका लागि पद छोड्न तयार रहेको जेलेन्स्कीको भनाइ

एजेन्सी, १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन् । 

उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको बताएका हुन् । हिजो राजधानी किभमा वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यसअघि उनले आफूले राज्य नबेच्ने भन्दै यो प्रस्ताव खारेज गरेका थिए । जेलेन्स्कीले अमेरिकाले रुसलाई युद्ध अन्त्य गर्न मनाएमा अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार रहेको बताएका हुन् । 

यसैबीच, शान्ति सम्झौताका  लागि युरोपेली देशका नेताहरुको बैठक आजदेखि युक्रेनमा बस्दैछ । बैठकमा आउँदो वर्षको लागि आआफ्नो देशको रणनीति र  युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा पनि छलफल गर्ने  तयारी छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम