वासिङ्टन डिसी, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाबीच भेटवार्ता भएको छ ।
शनिबार कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी)को क्रममा दुईबिच भेट भएको हो । यस भेटघाटमा राष्ट्रपति ट्रम्पले पोल्यान्ड र अमेरिकाबिचको घनिष्ठ सम्बन्धलाई पुनः उद्धृत गर्दै देशको रक्षा बजेट बढाउने राष्ट्रपति डुडाको निर्णयको प्रशंसा गरेका थिए ।
‘सीपीएसीको क्रममा राष्ट्रपति ट्रम्पले पोलिस राष्ट्रपति आन्द्रेज डुडासँग भेट गरे र दुई देशबिचको बलियो सम्बन्धलाई दोहोर्याए,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा ह्वाइट हाउसले भनेको छ ।






