रूसी आक्रमणमा १२ युक्रेनी नागरिक मारिए

एजेन्सी, १० फागुन । रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार, अघिल्लो दिन रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

यद्यपी, रूसी सेनाले यी आक्रमणका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय अधिकारीहरूले आक्रमणबाट डोनेट्स्क, खेरसन, निकोपोल र जापोरिजिया क्षेत्रमा दर्जनौँ घर र पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।

क्षेत्रीय प्रमुख वादिम फायलास्किनले टेलिग्राम पोस्टमा भनेका छन्, “डोनेट्स्कबाट करिब १८३ जनालाई बाहिर निकालिएको छ । आक्रमणले किभ र पोटलाभा क्षेत्रहरूमा पूर्वाधार र विद्युत लाइनहरूलाई पनि क्षति पुर्‍याएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम