एजेन्सी, ७ फागुन । गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ ।
जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१) प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू छन् ।
पुरुष जनसंख्या २०२३ को चौथो त्रैमासिकमा १७.७ मिलियनबाट बढेर १८ मिलियन पुगेको छ । जबकि महिलाहरूको जनसंख्या १६ मिलियनबाट बढेर १६.२ मिलियन पुगेको छ ।
चौथो त्रैमासिकमा जातीय मलेसियालीहरू जनसंख्याको ५८.१ प्रतिशत थिए । जुन एक वर्ष अघिको ५८ प्रतिशतबाट थोरै बढेको थियो । सोही अवधिमा भारतीयहरूको संख्या ६.६ प्रतिशतबाट घटेर ६.५ प्रतिशतमा झरेको छ भने चिनियाँहरूको संख्या २२.४ प्रतिशतमा अपरिवर्तित रहेको छ ।







