डब्लुएचओद्वारा नेपाललाई धन्यवाद ज्ञापन

काठमाडौँ, २९ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद ज्ञापन गरेको छ । 

कार्यालयले जारी गरेको विज्ञप्तिमा कोषमा नेपालले रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) योगदान गरेकामा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको हो । डब्लुएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने  उद्देश्यका साथ कोष स्थापना भएको हो ।

थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र हो । ‘आपत्कालीन कोषमा नेपालको योगदान कोषप्रतिको सहयोग, स्वामित्व र प्रतिबद्धताको प्रमाण हो । यस कोषलाई विश्व स्वास्थ्य सङ्गठनले आफ्नो क्षेत्रका सदस्य राष्ट्रका लागि पारदर्शी रूपमा व्यवस्थापन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ, २२ असोज । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २२ असोज । अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ