श्रीलङ्कामा देशभर काटियो बिजुली

कोलम्बो, २८ माघ । श्रीलङ्काभर बिजुली बत्ती काटिएको छ ।

आइतबार बिहान ११ बजेदेखि लगातार देशभरमा बिजुली बत्ती काटिन थाल्यो । यसको पछाडि बाँदरको हात रहेको बताइएको छ । कोलम्बोको एउटा ऊर्जा केन्द्रमा बाँदर घुसेको थियो । 

त्यसपछि यस्तो भएको बताइएको छ । बिजुली ल्याउने काम क्रमशः भइरहेको र सुरुमा स्वास्थ्य केन्द्र र जल प्रशोधन केन्द्रलाई प्राथमिकता दिइएको बताइएको छ । 

एउटा बाँदर ग्रिड ट्रान्सफर्मर छिरेर प्रणालीमा गडबडी गराइदिएको ऊर्जा मन्त्री कुमारा जयकोडीले पत्रकारहरूलाई बताए । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे बिजुली बत्ती जान थालेको थियो । सबैतिर बिजुली आइसक्न केही घण्टा लाग्ने बताइएको छ । सामाजिक सञ्जालमा मानिसहरूले अधिकारीहरूलाई गाली गर्दै यो घटनाको खिल्ली उडाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १३ जना मनोनित भएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले १३

विराटनगर, २४ असोज । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३

पोखरा, २४ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,