गाजालाई दुई भागमा छुट्याउने करिडोरबाट इजरायली सेना फिर्ता हुन थाले

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् ।

प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली सेना उत्तरी गाजालाई दक्षिणबाट छुट्याउने नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका बीबीसीले जनाएको छ ।

युद्धविराम सम्झौता अन्तर्गत इजरायली सेना गाजाको आबादी क्षेत्रबाट फिर्ता हुन थालेसँगै प्यालेस्टिनीहरू ओढ्ने/ओच्छ्याउने र अन्य सामानले भरिएका गाडीसहित उत्तरी गाजातर्फ फर्किन थालेका छन् । नेत्जारिम करिडोर हुँदै उत्तरी गाजातर्फ जाने प्यालेस्टिनीहरूलाई इजरायली सेनाले विना जाँच जान दिने खबरमा उल्लेख छ ।

गएको जनवरी १९ मा युद्धविराम सम्झौता भएयता अहिलेसम्म २१ जना इजरायली बन्धक र ५ सय ६६ जना प्यालेस्टिनी बन्दी रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ, २२ असोज । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २२ असोज । अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ