पाकिस्तानमा सैन्य कारबाहीमा तीन लडाकु मारिए

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन लडाकु मारिएको दाबी गरेको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले बिहीबार राति जिल्लाको दत्ता खेल क्षेत्रमा लडाकुको उपस्थितिको सूचनाको आधारमा गुप्तचरमा आधारित अपरेसन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

अपरेसन सञ्चालनको क्रममा, सेनाले महिलाको पहिरन लगाएर भाग्न खोजिरहेका लडाकुहरूलाई प्रभावकारी रूपमा मारेको थियो ।

सुरक्षा बलहरूले मारिएका लडाकुबाट हतियार र गोलाबारुद पनि बरामद गरे, जो यस क्षेत्रमा धेरै आतंककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए ।

आईएसपीआरले यस क्षेत्रमा फेला परेका कुनै पनि लडाकुहरूलाई हटाउनको लागि अपरेसन गरिएको जनाएको छ । पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतंकवादको खतरा हटाउन कटिबद्ध रहेको बताएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन्

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ