अर्जेन्टिनाद्वारा डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा

एजेन्सी, २४ माघ । अर्जेन्टिनाकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ ।

अनेकौं मतभेदका कारण आफ्नो देशलाई संयुक्त राष्ट्र संघको सो एजेन्सीबाट फिर्ता बोलाउने आदेश दिएको अर्जेन्टिनी राष्ट्रपति हाभियर मिलेइले बताए । 

आफ्नो यो निर्णय उनको मित्र तथा मित्र राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँग मिल्दोजुल्दो छ । ट्रम्पले पदभार ग्रहण गरेको पहिलो दिन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकालाई डब्लुएचओबाट फिर्ता लिने प्रक्रिया सुरु गरेका थिए ।

डब्ल्यूएचओबाट अर्काे सदस्य देशको बहिर्गमनले विश्वव्यापी स्वास्थ्यमा सहकार्यलाई अझ कमजोर बनाउने चिन्ता गर्न थालिएको छ । तर, विश्व स्वास्थ्य संगठनले २०२४/२०२५ को लागि अनुमानित ६.९ अर्ब अमेरिकी डलर बजेटमध्ये अर्जेन्टिनाबाट लगभग ८० लाख अमेरिकी डलर मात्र प्राप्त गर्ने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ