ट्रम्पले लगाए दक्षिण अफ्रिकाले मानवअधिकार उल्लंघन गरेको आरोप

एजेन्सी, २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकाले मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका छन् । ट्रम्पले अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै धेरै देशमा कर लगाएका छन् । विदेशलाई दिइने सहायता रोकेका छन् ।

ट्रम्पले दक्षिण अफ्रिकालाई पनि सहयोग रोक्न चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेका “दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको छ । र, केही वर्गका मानिसलाई नराम्रो व्यवहार गरिरहेको छ । यो एकदमै नराम्रो अवस्था हो । तर, कट्टर वामपन्थी मिडियाले धेरै कुरा गरिरहेको छैन ।” 

उनले ठूलो संख्यामा मानवअधिकार उल्लंघन भइरहेको दाबी गर्दै अमेरिकाले यो नसहने र त्यसविरुद्ध कारबाही गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले भनेका छन्, “स्थितिको अनुसन्धान पूरा नभएसम्म म दक्षिण अफ्रिकालाई दिँदै आएको सबै सहयोग रोक्का गर्नेछु ।”

अमेरिकी सरकारको तथ्यांकअनुसार अमेरिकाले सन् २०२३ मा दक्षिण अफ्रिकालाई ४४ करोड डलर सहयोग गरेको थियो ।दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गत महिना राष्ट्रपति ट्रम्प दक्षिण अफ्रिकाको सम्बन्धको बारेमा चिन्तित नरहेको बताएका थिए । 

राष्ट्रपति रामाफोसाले जनवरीको अन्त्यमा चुनाव जितेपछि राष्ट्रपति ट्रम्पसँग कुरा गरेको र ट्रम्प प्रशासनसँग काम गर्न आतुर रहेको बताएका थिए । आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानको कथित ठूलो मात्रामा हत्या र भूमि अतिक्रमणको अनुसन्धान गर्ने बताएका थिए ।

यसअघि ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा २५ प्रतिशत कर लगाएका थिए । बीबीसी



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण