इजरायली आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु

रमल्लाह, २१ माघ । उत्तरी वेस्ट बैंकको जेनिन सहरमा इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

इजरायली ड्रोनले जेनिनको दक्षिणी कबाटिया सहरको केन्द्रमा एउटा गाडीलाई निशाना बनाएको थियो । गाडीमा भएको आक्रमणमा दुई प्यालेस्टिनी युवाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले उक्त क्षेत्रमा बमबारीपछि दुईजना पीडितको शव र एकजना घाइतेलाई जेनिनको पूर्वी क्षेत्रबाट अस्पताल पुर्‍याएको बताएको छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले एकै साथ इजरायली हवाई आक्रमणले मोटरसाइकललाई पनि निशाना बनाएको जनाएको छ, जसमा दुई अन्य युवाको मृत्यु भएको थियो । इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा लगातार १२औँ दिनमा आक्रमण जारी राख्दा उक्त घटनाक्रमहरू आएका छन् । इजरायल र हमासबीच ६ हप्ताको युद्धविराम सम्झौता भएको थियो, जुन जनवरी १९ देखि लागु भएको थियो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि वेस्ट बैंकमा तनाव बढ्दै गएको छ, जसको परिणामस्वरूप इजरायली गोलाबारी र हवाई आक्रमणका कारण ८०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ