एजेन्सी, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘चीन यस कदमबाट पूरै असन्तुष्ट छ र यस कदम कडा विरोध गर्दछ ।’ यसले यो विश्व व्यापार सङ्गठनको नियमहरूको गम्भीर उल्लङ्घन भएको बताइएको छ ।
यस्ता कदम चीन र अमेरिकाबिचको सामान्य आर्थिक र व्यापारिक सहयोगको लागि हानिकारक भएको चीनको भनाई छ । अमेरिकाको गलत व्यवहारविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा मुद्दा दायर गर्ने र आफ्नो अधिकार र हितको रक्षा गर्न प्रतिरोधात्मक कदम चाल्ने पनि बताइएको छ । ‘आफ्नो गलत अभ्यास सच्याउन र समस्या समाधान गर्न चीनसँग मिलेर काम गर्न अमेरिकालाई चीन आह्वान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।






