सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै

काठमाडौँ, १९ माघ । सिराहामा ४५ हजारभन्दा बढी किशोरीहरूलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियोजन अन्तर्गत सिराहामा १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार चार सय ६३ जना किशोरीलाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले जानकारी दिए । 

जिल्लाका १७ पालिकामा तीन सय ६३ विद्यालय र एक सय ५५ स्वास्थ्य संस्थासहित पाँच सय १८ खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य अधिकृत यादवले जानकारी दिए । अभियान अन्तर्गत कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरूलाई खोप लगाउने लक्ष्य लिएकाले विद्यालयलाई खोप केन्द्र बनाइएको यादवले बताए । 

जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाएको छ ।  सिराहा, मिर्चैया,  कल्याणपुर, कर्जन्हा, लहान, सुखिपुर, नगरपालिका र विष्णुपुर, नरहा, सखुवानन्कारकट्टी गाउँ पालिका पहिलो चरयामा खोप लगाइने छ ।

दोस्रो चरण अन्तर्गत औरही, अर्नामा, बरियारपट्टी, नवराजपुर, लक्ष्मीपुरपतारी, भगवानपुर गाउँ पालिका र सुखिपुर, धनगढीमाई, गोलबजार नगरपालिकामा खोप अभियान सञ्चालन हुने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा