अमेरिकी विमान दुर्घटनाबारे ट्रम्पले लगाए आरोप 

एजेन्सी, १८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमान दुर्घटनालाई लिएर सिंगो देश शोकमा रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाको वाशिंगटन डीसी नजिकै हेलिकोप्टरसँग अमेरिकन एयरलाइन्सको विमान ठोक्किएर भएको दुर्घटनाबारे पत्रकार सम्मेलन गर्दै दुर्घटनाको वास्तविक कारण थाहा नभएको बताएका छन् । उक्त दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति ट्रम्पले दुर्घटनाको विस्तृत छानबिन गर्न आदेश दिइएको बताउँदै भने, “यो दुर्घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर, हामी छिट्टै पत्ता लगाउनेछौँ । र, फेरि यस्तो नहोस् भनेर सुनिश्चित गर्नेछौँ ।”

उनले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै  अमेरिका शोकमा डुबेको बताए । उनले भनेका छ, “हेलिकोप्टर गलत समयमा गलत ठाउँमा थियो ।” 

उनले यस घातक दुर्घटनाका लागि अघिल्लो बाइडेन सरकारको डीईआई प्रोगामलाई दोष दिए । यो कार्यक्रमअन्तर्गत अपांगता र मानसिक समस्या भएका मानिसलाई एयर ट्राफिक कन्ट्रोलरको रूपमा भर्ती गरिएको उनको आरोप छ । 

उनले ओबामा र बाइडेन प्रशासनलाई एयर ट्राफिक कन्ट्रोलमा औसत व्यक्ति भर्ती गरेको आरोप लगाए । ट्रम्पले आरोप लगाए पनि यसको कुनै प्रमाण भने दिएनन् । बीबीसी


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण