माघ महिनाभित्र एआईको पोलिसी बनाई सक्छौ: मन्त्री गुरुङ

काठमाडौँ, १७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले माघ महिनाभित्र एआईको पोलिसी बनाइसक्ने प्रतिबद्दता जनाएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताए । अध्यादेशमा यसको प्रबन्ध मिलाइएको र आइटी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान हुने विश्वास गरिएको बताए । यस महिनाभित्र एआईको पोलिसी बनाइसक्ने पनि उनले बताए । 

उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न काम गरिरहेको बताए । उनले आफूहरू सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेका उल्लेख गरे ।  कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् । उनले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानुनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताए । उनले आइटी क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सम्झौताको पालना नगरे आफूले आवश्यक कदम चाल्ने बताएका छन् ।

अमेरिका, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि एक पटक कडा सैन्य हमला गर्ने धम्की दिएका छन् । लेबनानमा

एजेन्सी, ७ असार । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ ।

एजेन्सी, ७ असार । इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ । लेबनानमा इजरायलले जारी राखेको सैन्य आक्रमणको विरोधमा इरानले