भारतको कुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

एजेन्सी, १७ माघ । भारतको प्रयागराजमा भइरहेको  कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जानकारी दिएको हो । यही जनवरी १३ देखि शुरू भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड जनाले गङ्गामा स्नान गरेको अनुमान छ ।

हिजो माघ कृष्ण औँसीका अवसरमा अमृत स्नानका लागि १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर अस्ति राति नै प्रयागराजको सङ्गमस्थानमा एकाएक भागदौड मच्चिएपछि स्थानीय प्रशासनले अमृत स्नान रद्द गरेको थियो ।

त्यस्तै मेलामा गएका परिवारका  सदस्य र आफन्त नभेटिँदा भागदौडबाट प्रभावित भक्तजनले कुम्भ मेलाको व्यवस्थापनमाथि प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । भोजपुरमा ठुलो परिमाणमा गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ