ट्रम्प विरुद्ध जाँच गर्ने १२ अधिकारी बर्खास्त

वासिङ्टन डीसी, १५ माघ । अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनले न्याय मन्त्रालयका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी अधिकारीहरूले ट्रम्प विरुद्ध अनुसन्धान गरेका थिए ।

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार, कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको न्याय मन्त्रालयका एक अधिकारीले बताए । 

यी अधिकारीहरूले राष्ट्रपति ट्रम्पको एजेन्डा पूर्ण इमानदारीका साथ कार्यान्वयन गर्न सक्षम हुनेछन् भन्ने उनलाई नलागेको बताइएको छ । यसैबिच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन्

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ