अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ: विश्व स्वास्थ्य संगठन

काठमाडौँ, ९ माघ । अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहित गरेको घोषणाप्रति सो संगठन दुःख व्यक्त गरेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको संस्थापक सदस्य बनेको अमेरिकाले त्यसयता १९३ अन्य सदस्य राष्ट्रहरूससँग सहकार्य गर्दै संगठनको कामको तर्जुमा र सञ्चालनमा योगदान दिँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी घोषणाप्रति दुःख व्यक्त गरेको हो । अमेरिकी नागरिक सहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनको महत्वपूर्ण भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ ।  

संगठनले भनेको छ, ‘संयुक्त राज्य अमेरिका आफ्नो निर्णयबारे पुनर्विचार गर्नेमा हामी आशावादी छौँ र विश्वभरका करोडौँ मानिसहरूको सुस्वास्थ्य र आरोग्यताका लागि संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन बीचको साझेदारीलाई कायम राख्न सकारात्मक संवाद हुने अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा