चीन र रुसबीच अहिलेसम्मकै उच्च व्यापार

एजेन्सी, १ माघ । चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यो दुई देशबीचको अहिलेसम्मकै उच्च मूल्यको व्यापार हो ।

चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार दुई देशले सन् २०२३ मा २ खर्ब ४० अर्ब १० करोड डलर बराबरको व्यापार गरेका चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

पश्चिमा देशहरुले रुसमा प्रतिबन्ध लगाएपछि चीन र रुसबीच व्यापार बढेको छ । अघिल्लो वर्ष पनि दुई देशबीचको व्यापार बढेको थियो । सन् २०२२ को शुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि चीन र रुस राजनीतिक र आर्थिक सम्बन्ध बढेको छ ।

यो सम्बन्धलाई अमेरिका र अन्य पश्चिमी देशहरुबाट व्यापक आलोचना भएको छ । तर दुई देशले सम्बन्ध बलियो बनाउँदै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ