गाजामा फेरि इजरायली आक्रमण, दुई बच्चासहित ८ जनाको मृत्यु

एजेन्सी, २८ पौष । नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले स्कुल र घरहरुमा आक्रमण गरेको बताइएको छ । 

उत्तरी गाजामा विस्थापित प्यालेस्टाइनीहरुको आश्रयस्थल रहेको स्कुलमा इजरायलले गरेको आक्रमणमा परी कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । शनिबार उत्तरी गाजाको जबालिया अल बलाद क्षेत्रमा जैनब अल वजीर स्कुलमा एक इजरायली आक्रमणमा दुई महिला र दुई बच्चासहित आठ नागरिक मारिएका हुन् ।

यसरी आक्रमण हुँदै गर्दा इजरायलले सम्भावित युद्धविरामको कुराकानीका लागि कयौँ बरिष्ठ अधिकारीलाई कतार पठाएको समेत बताइँदै छ ।  एक महिलाले भनेकी छन्, ‘इजरायलीहरुले विना कुनै पूर्व चेतावनी हामीलाई निशाना बनाए । उनीहरुले हामीमाथि क्षेप्यास्त्र हानेका छन् । हाम्रा बच्चाहरु ज्यूँदा वा मुर्दा कहाँ छन्, थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ