लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू

एजेन्सी, २७ पौष । अमेरिकाको लस एन्जेलसमा आगलागी प्रभावित क्षेत्रमा रातको समय प्रहरीले कर्फ्यू लगाएको छ । प्रहरीले ‘घृणित’लुटपाटविरुद्ध चेतावनी स्वरुप एलएको अग्नि प्रभावित क्षेत्रमा रातको समय कर्फ्यू लगाएको हो । 

यो नियम प्यासिफिक पेलिसेड्स र ईटन फायर क्षेत्रमा बढी प्रभावकारी हुने स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । प्रहरीले भनेको छ, ‘घृणित लूटपाटमा संलग्न जो कोहीलाई गिरफ्तार गरिनेछ ।’

विनाशकारी आगलागीमा परेर हालसम्म १० जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार घर संरचना जलेर ध्वस्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले एलएलाई ‘युद्ध स्थल’का रुपमा वर्णित गरेका छन् । अधिक तीब्र हावाको बेगतर्फ  पुर्वानुमान गर्दै अझै पनि आगो थप फैलिन सक्ने चेतावनी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ