युक्रेनमा रुसी आक्रमणबाट १३ जनाको मृत्यु

एजेन्सी, २५ पौष । युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् ।

रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । आक्रमणपछि सार्वजनिक भएको भिडियोमा एउटा भवनमा आगो लागेको र केही गाडी जलेको देख्न सकिन्छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई रुसको आतङ्कवादविरुद्ध दबाब दिन अपील गर्नुभएको छ । रुसी सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ