इजरायलले गाजामा गरेको हवाई हमलामा २१ जनाको मृत्यु

एजेन्सी, २१ पौष । इजरायलले फेरि गाजामा हवाई हमला गरेको छ ।

शनिबार राति गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस हवाई आक्रमणमा मारिनेमा कम्तीमा दुई बालबालिका पनि भएको बताइएको छ ।

अमेरिकी समाचार संस्था एपीमा छापिएको समाचारका अनुसार हमासले केही बन्धकहरूको भिडियो जारी गरेको थियो । त्यसपछि इजरायलमा ठुलो सङ्ख्यामा मानिसले र्‍याली निकाले । त्यसपछि इजरायलले यो हवाई हमला गरेको थियो । यो आक्रमणलाई भिडियोको प्रतिक्रियाका रूपमा हेरिएको छ ।

हमाससँग सम्बद्ध सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिमा हवाई हमलाले गाजा सहरको सराया कम्पाउण्ड पछाडिको आवासीय क्षेत्र ध्वस्त भएको छ । यस क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको बताएको छ । यस बाहेक शनिबार साँझ इजरायली आक्रमणमा बुरेजमा तीन र मध्य गाजामा तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले