सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेशभर निःशुल्क रगत उपलब्ध गराउने 

काठमाडौँ, २१ पौष । सुदूरपश्चिम प्रदेश सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कैलालीमार्फत प्रदेशस्थित सबै सरकारी अस्पतालहरूमा निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

आज एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भने, ‘आफू पदभार ग्रहण गर्दै गर्दा प्रदेशमा निःशुल्क रकमको व्यवस्था गर्ने प्रतिवद्धता अनुसार आज कार्यान्वयन गर्न गइरहेका छौँ ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्यमा ९ वटै जिल्लाका अस्पतालमा सेवा उपलब्ध गराइने भएको छ ।

प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढी, नेपाल रेडक्रस सोसाइटीका ९ वटै जिल्ला शाखा र टीकापुर उपशाखासँग निःशुल्क रगतका लागि आइतबार नै सम्झौता भएको छ । सम्झौता अनुसार रगत परीक्षणमा लाग्ने प्रति पिन्ट ११५० रुपैयाँ प्रदेश  सरकार व्यहोर्ने भएको हो । प्रदेश सरकारले निःशुल्क रगत सेवा उपलब्ध गराउन एक करोड बजेट विनियोजन गरेको छ । प्रदेशमा प्रति महिना एक हजार पिन्ट रगतको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा 

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक