म्यान्मारमा एकैपटक ६ हजार कैदीलाई आममाफी 

म्यान्मार, २१ पौष । म्यान्मारको सैनिक सरकार (जुन्टा)ले करिब ६ हजार कैदीलाई आममाफी दिने भएको छ ।

देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीअन्तर्गत उनीहरूलाई रिहा गर्ने घोषणा म्यान्मार सरकारले शनिबार गरेको छ ।

म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै १८० विदेशीसहित पाँच हजार ८०० भन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ ।

म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीलगायत हजारौँ नेता–कार्यकर्ता, अधिकारकर्मी र प्रदर्शनकारीलाई कारागारमा राखेको छ । 

जुन्टाका प्रवक्ता जाउ मिन तुनले सञ्चारमाध्यमलाई दिएको अडियो वक्तव्यअनुसार आममाफीमा सामेल भएकामध्ये करिब ६०० जनालाई दण्ड संहिताको धारा ५०५ (ए) अन्तर्गत सजाय सुनाइएको  उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले