पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

काबुल, १९ पौष । पाकिस्तानमा जेलमा रहेका ५० अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै उनीहरू बुधबार अफगानिस्तान फर्केका हुन् । गत वर्ष अक्टोबरमा ३५ अफगानी बन्दीलाई पाकिस्तानी जेलबाट रिहा गरी स्वदेश फर्काइएको पनि मन्त्रालयले जनाएको छ ।

हाल आठ हजारदेखि नौ हजार अफगानी नागरिक विदेशमा जेलमा छन् । तीमध्ये अधिकांश इरान र पाकिस्तानमा रहेको अफगानिस्तानको जेल प्रशासनको सन् २०२४ सेप्टेम्बरको तथ्यांकले देखाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले