मस्कले चुनाव प्रभावित पार्न खोजेको जर्मनीको आरोप

बर्लिन, १६ पौष । जर्मनीले खर्बपति अमेरिकी व्यापारी एलन मस्कमाथि आफ्नो आगामी चुनावलाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी)को पक्षपोषण गर्ने एउटा लेखको समर्थन गरेर मस्कले फेब्रुअरीमा हुन लागेको निर्वाचनलाई प्रभावित पार्न खोजेको सोमबार जर्मन सरकारले आरोप लगाएको थियो । 

मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको आगामी सरकारमा बाह्य सल्लाहकार पनि हुन् । जर्मन पत्रिका वेल्ट एम सोन्नट्यागमा एक जना अतिथिले एएफडीलाई जर्मनीको अन्तिम आशा बताउँदै एउटा लेख लेखेका थिए । सो लेखलाई मस्कले एक्समा पोस्ट गरेका थिए । यसलाई जर्मन सरकारले चाँहि जर्मनीको सङ्घीय चुनावलाई प्रभावित पार्ने कोसिस भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले