मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु

मोरक्को, १३ पौष । पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मारिएका मध्ये २५ मालीका नागरिक थिए ।

यो ‘अस्थायी डुङ्गा’मा करिब ८० जना मानिस सवार थिए, जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा बाँचेका ११ जनामध्ये ९ जना मालीका हुन् ।

यो डुङ्गा गत हप्ता नै डुबेको थियो तर मालीले अहिले आएर मात्र पुष्टि गरेको छ । मालीले स्थितिको समीक्षा गर्न आफ्नो सङ्कट इकाई पठाएको छ। माली लामो समयदेखि जिहादी र पृथकतावादी हिंसाको सिकार हुँदै आएको छ। जसका कारण सन् २०२० र २०२१ मा देशमा सैनिक विद्रोह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर