भारतको पन्जाबमा बस दुर्घटना हुँदा आठजनाको मृत्यु

नयाँ दिल्ली, १३ पौष । उत्तरी भारतको पन्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । 

दुर्घटना पन्जाबको भटिन्डा जिल्लाको जीवनसिंह वाला गाउँनजिक भएको हो । बस तीव्र गतिमा गुडेको तथा चालकले नियन्त्रण गुमाएपछि नालीमा खसेको हो ।

दुर्घटनाको लगत्तै स्थानीय बासिन्दा घाइतेरूलाई मद्दत गर्न घटनास्थलमा पुगे र प्रहरीलाई खबर गरे । प्रहरीले उद्धार कार्यमा आफ्नो टोली र विपद् व्यवस्थापन बलका कर्मचारीहरू पठाए ।

“आजको दुर्घटनामा एक दुई वर्षीया बालिका सहित आठजनाको दुर्भाग्यपूर्ण मृत्यु भएको छ,” भटिन्डाका एक वरिष्ठ सरकारी अधिकारी शौकत अहमद परेले मिडियालाई बताए, “तलबन्दी अस्पतालमा पाँचजनाको र अन्य तीनजनाको सिभिल अस्पताल भटिन्डामा मृत्यु भएको पुष्टि भएको छ ।”


भटिन्डाका एक वरिष्ठ प्रहरी अधिकारी अमनीत कोन्डलले दुर्घटनास्थलबाट ४६ यात्रुको उद्धार गरिएको बताए । प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले