एजेन्सी, ९ पौष । इजरायलले इरानको तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक यस वर्षको जुलाईमा इजरायलले नै हमासका राजनीतिक नेता इस्माइल हानियालाई मारेको स्वीकार गरेका छन् ।
आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाएको कुरा पनि गरे । यस क्रममा उनले हमासका नेताबारे पनि बोलेका थिए ।






