‘मङ्कीपक्स’का सङ्क्रमित भेटिएपछि सतर्कता बढाइयो

काठमाडौँ, ६ पौष । साउदी अरबबाट फर्किएका एकजना नेपालीमा ‘मङ्कीपक्स’ अर्थात ‘एमपक्स’को  सङ्क्रमण पुष्टि भएपछि थप निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरु र प्रयोगशालाहरुबाट निगरानी र सतर्कता बढाइएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर सबैलाई सचेत रहन र एमपक्ससँग मिल्दोजुल्दो लक्षण भएमा अस्पताल गएर उचित सल्लाह लिन या मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

हालै साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षिय पुरुष खटिराको समस्या लिएर काठमाण्डौको एक निजी अस्पतालमा पुग्दा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना परीक्षण गर्दा हिजो एमपक्स पुष्टि भएको हो ।

उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि गएको असारमा नेपाल आएकी एक जना विदेशी महिलालाई पनि एमपक्स पुष्टि भएको थियो ।

एमपक्स भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ,सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा 

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक