एनपीएलमा आज उपाधिका लागी सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ, ६ पौष । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल आज हुँदै छ ।

उपाधिका निम्ति मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । 

प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हाशिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।

जनकपुरविरुद्ध लिग चरणमा जित निकाल्ने दुईमध्यको एक टोली हो, सुदूरपश्चिम । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले लिगमा जनकपुरविरुद्ध ७२ रनको जित निकालेको थियो । यी दुवै टिमले हार भने चितवन राइनोजविरुद्ध व्यहोरेका थिए । प्रतियोगिताको शीर्ष दुई टोलीलाई हराएको चितवनले भने इलिमिनेटरबाट माथिको यात्रा तय गर्न सकेन ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो बहुप्रतिक्षित खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको

काठमाडौँ, १४ भदाै । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री,