वासिङ्टन डिसी, ३ पौष । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले भारतलाई चेतावनी दिएका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि उनले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करबारे कडा अभिव्यक्ति दिएका हुन् ।
भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि भारतीय सामानमा त्यही नै कर लगाउने ट्रम्पको भनाइ छ । देशहरूले अमेरिकाबाट आउने सामानमा लगाइएको उच्च अतिरिक्त महसुलको जवाफमा अमेरिकाले पनि ती सबै देशबाट अमेरिकामा भित्रिने सामानमा त्यही स्तरको अतिरिक्त महसुल अर्थात् रेसिप्रोकल ट्यारिफ लगाउने मनसाय दोहोर्याएका छन् ।
‘यदि कसैले हामीहरूमाथि कर थोपर्छ भने हामी पनि उनीहरूमाथि उति नै कर लगाइदिन्छौँ’, सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन् ।







