पोखरामा थाई-बक्सिङ प्रतियोगिता हुने

काठमाडौँ, २ पौष । शक–यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई–बक्सिङ प्रतियोगिता हुने भएको छ ।

व्यावसायिक खेलकुदमा विश्वकै आकर्षक मध्येको एक ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ पोखरामा गर्न लागिएको हो । खेलकुदमार्फत व्यावसायिक खेलकुदको विकाससँगै खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुने तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी गरी पाँच वटा प्रदेशका महिला र पुरुष गरी ८४ जना ‘फाइटर’हरूको सहभागिता रहनेछ । प्रतियोगितामा जुनियर–सिनियर (एमेच्योर–प्रोफेशनल)तर्फ कुल ४२ फाइट तय गरिएको छ ।

प्रतियोगिताको पुरुष ‘प्रोफेशनल’तर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद २० हजार तथा महिलातर्फको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१०

काठमाडौँ, १६ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट

काठमाडौँ, १६ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ भदौ । २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल ।  मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले