अमेरिकाको एक स्कुलमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी, २ पौष । अमेरिकाको विस्कन्सिनमा रहेको एक स्कुलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शहरका प्रहरी प्रमुख शोन बार्नेसले विस्कन्सिन राज्यको राजधानी म्याडिसनमा रहेको एम्बुन्डेन्ट लाइफ क्रिश्चियन स्कुलमा भएको गोलीबारीमा मारिनेमा एक संदिग्ध किशोर समेत रहेका छन् । 

अधिकारीहरु घटनास्थल पुग्नुभन्दा पहिल्यै आक्रमण गर्ने संदिग्ध मारिएको र जो स्कुले छात्र समेत रहेको बताइएको छ । प्रहरीले स्थानीयलाई सतर्क गराएको र अनुसन्धानका लागि स्कुलसँगैको सडक बन्द गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।   

समाचार संस्था एजुकेशनविकका अनुसार यो वर्ष मात्रै हालसम्म अमेरिकाभर स्कुलमा ३८ गोलीबारीका घटना भएका छन्, जसमा कयौंको मृत्यु र कयौं घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर