इमरान खानको पार्टीले हिंसाको राजनीति गरेको आरोप

एजेन्सी, १ पौष । पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तरदारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले हिंसाको राजनीति बढाएको आरोप लगाएका छन् ।

पीटीआईको प्रदर्शन कहिल्यै शान्तिपूर्ण नरहेको उनको आरोप छ । उनले पीटीआईका कार्यकर्ताले नोभेम्बर २६ मा इस्लामावादमा आधुनिक हतियार, स्टेन गन, अश्रु ग्यास र ग्रेनेडसहित हिंसा फैलाएको आरोप लगाएका छन् । अताउल्लाहले ९ मे र २६ नोभेम्बरलाई पाकिस्तानको इतिहासमा सबैभन्दा कालो दिनको रूपमा व्याख्या गरे ।

“पीटीआईले शवको राजनीति गर्न चाहन्छ । देशमा अशान्ति फैलाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चाहन्छ,” उनले भने ।जेलमा रहेका पीटीआईका संस्थापक इमरान खानले सरकारले देशलाई जातीय आधारमा विभाजन गरेको जवाफ फर्काएका छन् । एक्समार्फत इमरानले सरकारले जातीय आधारमा पश्तूनहरूलाई निशाना बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर