इस्किनाजीको अर्धशतकमा काठमान्डुले पोखरालाई हरायो

काठमाडौँ, २९ मंसिर । स्टेफेन इस्किनाजीको अर्धशतक प्रेरित काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।

इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो ।

६ खेलमा तेस्रो जित हात पारेको काठमान्डुले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ । ६ खेलबाट ६ अंक जोडेको काठमान्डु पाँचौ स्थानमा उक्लेको छ। चौथो हारपछि पोखराको ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ । पोखराले अब अन्तिम खेलम सुदूरश्चिमको सामना गर्नेछ ।

काठमान्डुका ओपनर इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे । माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाए । बलिङमा पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौका सहित १८ रन जोडेका थिए । तर त्यही ओभरको अन्तिम बलमा आउट भए । यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए । बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिख खानले ३-३ विकेट लिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए ।

जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान १ विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख