जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौँ, २७ मंसिर । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

आज काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र३ छक्का मदतमा सर्वाधिक २७ रन बनाए । हर्श थाकरले अविजित २५ रन योगदान गरे । उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे ।

लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए । मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । बलिङमा काठमान्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए ।

त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो ।

काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।

यस खेलमा अजनकपुरका कप्तान अनिल शाहले कीर्तिमानी ५ क्याच लिए । उनले नपालको फ्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त

काठमाडौँ, १३ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रण लिएर छाडिएको विषयलाई लिएर संसद्‍मा प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख