एजेन्सी, २६ मंसिर । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ ।
दक्षिण कोरियाको योनहाप समाचार संस्थाका अनुसार, सियोल महानगरीय प्रहरी र राष्ट्रिय प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको छ ।
यो प्रहरी कारबाही राष्ट्रपति युन सुक–योलले ‘मार्सल ल’ लागु गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा भएको बताइएको छ । योनहापको रिपोर्टअनुसार. छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् ।
गत हप्ता मंगलबार र बुधबारको बीचमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले देशमा ‘मार्सल ल’ लागु गरेका थिए ।







