काभा भलिबल च्याम्पियनशिप : आज दुई वटा खेल हुँदै

काठमाडौँ, २६ मंसिर । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेल इरानको जुनियर टोली र क्यालिकट हिरोजबीच हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ ।

यस्तै आजै बेलुका ५ बजे हुने दोस्रो खेलमा नेपालको हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीसँग खेल्नेछ । प्रतियोगितामा नेपालबाहेक भारत, इरान र माल्दिभ्सको क्लबको सहभागिता छ ।

च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल यही मङ्सिर २९ गते आउने शनिवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१०

काठमाडौँ, १६ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट

काठमाडौँ, १६ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ भदौ । २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल ।  मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले