कर्णालीले चितवनलाई दियो १३१ रनको लक्ष्य 

काठमाडौँ, २१ मंसिर । इंग्ल्यान्डका अलराउन्डर रवि बोपराको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्ससामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा १३० रन बनायो ।

चितवनबाट खेलिरहेका इंग्ल्यान्डका अलराउन्डर बोपराले ४० बलमा सात चौका र एक छक्कासहित अविजित ५९ रन बनाए । उनी लगातार दोस्रो अर्धशतक बनाउने एनपीएलको पहिलो खेलाडी समेत बने । कप्तान कुशल मल्ल २७ बलमा २३ रन बनाएर आउट भए । विपीन रावलले ११ जोडे ।

कर्णालीका कप्तान सोमपाल कामीले चितवनका २० वर्षीय ओपनर लक बेन्केनस्टेइनलाई बोल्ड गर्दै डक आउट गराएका थिए । अर्का ओपनर दीपक बोहराले आठ, जान निकोल इटनले नौ, सोहेल तनविर डक आउट भए । अमर रौटेलाले नौ रन बनाए । शरद भेषावकर ६ रनमा अविजित रहे ।

नेपाल यू–१६ टिमबाट खेलिसकेका कर्णालीका विपीन शर्माले चार ओभरमा २१ रन खर्चंदै तीन विकेट लिए । ओमानका पूर्वकप्तान जिसन मक्सूदले दुई र सोमपाल कामी, नन्दन यादवले समान एक विकेट लिए । गुल्सन झा, युनिशविक्रम ठकुरी र कर्णालीबाट पहिलो खेल खेलिरहेका अस्ट्रेलियाका विलियम बोसिस्टो विकेटविहीन भए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र

काठमाडौँ, १४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १४ असोज । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौँ जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर