इमरान खानविरुद्ध १४ नयाँ मुद्दा दर्ता

एजेन्सी, २१ मंसिर । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध थप १४ नयाँ मुद्दा दर्ता गरिएको छ । योसँगै इस्लामाबादमा इमरानविरुद्ध दर्ता भएका मुद्दाको संख्या ७६ पुगेको छ ।

इस्लामावाद क्यापिटल टेरिटरी पुलिस (आईसीटीपी)ले आज उच्च अदालतमा प्रतिवेदन बुझाएर यसबारे जानकारी दिएको हो ।

रिपोर्टका अनुसार, गत महिना नोभेम्बर २४ मा इस्लामाबादको डी–चोकमा भएको प्रदर्शनपछि इमरानविरुद्ध १४ नयाँ मुद्दा दर्ता गरिएको हो । यसअघि उनीविरुद्ध ६२ मुद्दा दर्ता भएका थिए, जुन अहिले बढेर ७६ पुगेको छ ।

इमरानले जेलबाट सन्देश जारी गर्दै आफ्ना समर्थक र पीटीआई पार्टीका कार्यकर्ताहरूलाई देशभर विरोध प्रदर्शन गर्न आग्रह गरेका थिए । चुनावमा आफ्नो पार्टीलाई दिएको जनादेशलाई मान्यता दिनुपर्ने, थुनामा रहेका पार्टीका सदस्यहरूलाई रिहा गर्नुपर्ने र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिसम्बन्धी २६औँ संशोधन खारेज गर्नुपर्ने इमरान पक्षको माग थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७