कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको मृत्यु

एजेन्सी, २० मंसिर । दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गएको छ ।

मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण  ज्यान गुमाउनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका अरु तीन सयभन्दा बढी सङ्क्रमित रहेका छन् । क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली पठाएको मन्त्रालयको भनाइ छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र  महामारीजन्य रोग फैलिएकाले अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । पान्जी ग्रामीण स्वास्थ्य क्षेत्र भएकाले औषधिको आपूर्तिमा पनि समस्या छ ।

विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) अफ्रिका क्षेत्रका एक अधिकारीले प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू सङ्कलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर