धवनको अर्धशतकमा कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ, १९ मंसिर । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।

धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे । एक छेउबाट सुरुदेखि नै विकेट गएपनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हालेका थिए । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे ।

मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे । चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।

बलिङमा काठमाडौँका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर

काठमाडौँ, १७ भदौ । काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ । धादिङ प्रहरीका अनुसार नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ

काठमाडौँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक

काठमाडौँ, १७ भदौ । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको