राष्ट्र संघले गाजामा सहायता पठाउन रोक्यो

गाजा, १७ मंसिर । संयुक्त राष्ट्र संघले गाजा र इजरायल बिचको मुख्य क्रसिङबाट सहायता पठाउन रोकेको छ ।

यूएनआरडब्ल्यूएका प्रमुख फिलिप लाजारिनीले गाजाका लागि हालसालै केरेम शालोम क्रसिङ नजिकै सशस्त्र गिरोहहरूले लुटपाट गरेको बताए ।

उनले इजरायललाई कानुनी व्यवस्था कायम गर्न अपिल गरेका छन्। यसबारे इजरायलले यसअघि पनि गाजामा सहायता पुर्‍याउन सहयोग गर्ने बताएको थियो र इजरायलले हमासले सहायता सामग्री लुटेको आरोप लगाएको थियो।

केरेम शालोम क्रसिङ गाजाका २० लाखभन्दा बढी मानिसहरूलाई सहायता पुग्ने मुख्य मार्ग हो। संयुक्त राष्ट्र संघले गाजा भोकमरीको कगारमा पुगेको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर